इटहरी : प्रदेश १ मा गएको २४ घण्टामा ८६० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । ३८
मन्त्रालयका अनुसार झापामा १८४, मोरङमा १४५, सुनसरीमा १०४, इलाममा १५, धनकुटामा ७, तेह्रथुम र उदयपुरमा ४–४, पाँचथर, संखुवासभा र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
झापाको शिवसताक्षी र विर्तामोडमा ३०–३०, भद्रपुरमा २८, दमकमा २४, मेचीनगरमा १९, कन्काईमा १८, अर्जुनधारामा ९, कमल गाउँपालिकामा ८, हल्दिबारीमा ६, बुद्धशान्तिमा ४, बाह्रदशीमा ३, गौरादहमा २, गौरीगञ्ज, झापा गाउँपालिका र स्थानीय तह नखुलेका १–१ जना छन् ।
यस्तै, मोरङको विराटनगरमा ५४, बेलबारीमा ३०, लेटाङमा २२, सुन्दरहरैचामा १५, उर्लाबारीमा ९, केराबारीमा ७, कानेपोखरी र बुढीगंगामा २–२, पथरीशनिश्चरेमा १ र स्थानीय तह नखुलेका ३ जना छन् ।
यसैगरि, सुनसरीको इटहरीमा ५६, धरानमा ३८, रामधुनीमा ४, बराहक्षेत्र, इनरुवा र देवानगञ्जमा २–२, इलामको इलाम नगरपालिकामा ७, माई, रोङ र चुलाचुलीमा २–२, फाकफोकथुम र स्थानीय तह नखुलेका १–१, धनकुटाको धनकुटा नगरपालिकामा ५, चौवीसे र पाख्रिवासमा १–१, तेह्रथुमको फेदापमा ३, म्याङलुङमा १, उदयपुरको बेलकामा २, त्रियुगा र चौदण्डीगढीमा १–१, पाँचथरको फिदिम, संखुवासभा र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा पछिल्लो चौबिस घण्टामा ४१३ जना कोरोना संक्रमणमुक्त भएका छन् । भने ८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।














Discussion about this post