इटहरी : प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८१३ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले. जनाएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार झापामा १२७, मोरङमा ११८, सुनसरीमा ९०, पाँचथरमा १०, इलाम, धनकुटा र उदयपुरमा ६–६, संखुवासभामा २ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको हो ।
झापाको दमकमा ३१, विर्तामोडमा २९, अर्जुनधारा र शिवसताक्षीमा १२–१२, मेचीनगरमा ९, कनकाईमा ८, गौरादह र बुद्धशान्तिमा ७–७, भद्रपुरमा ५, हल्दिबारी र कमल गाउँपालिकामा ३–३, बाह्रदशीमा १ जना छन् । मोरङको विराटनगरमा ५०, सुन्दरहरैचामा ३९, उर्लाबारीमा ९, लेटाङ र केराबारीमा ४, पथरीशनिश्चरे र ग्रामथानमा ३–३, कानेपोखरी र बेलबारीमा २–२, रंगेली र बुढीगंगामा १–१ जना छन् ।
यसैगरि सुनसरीको इटहरीमा ४६, धरानमा २९, रामधुनीमा ५, दुहवी र इनरुवामा ३–३, हरिनगर, बराहक्षेत्र, कोशी गाउँपालिका र स्थानीय तह नखुलेका १–१, पाँचथरको फिदिममा ९, याङवरक १, इलामको फोकफोकथुममा ३, सुर्योदय, सन्दकपुर र चुलाचुलीमा १–१, धनकुटाको धनकुटा नगरपालिकामा ६, उदयपुरको बेलकामा २, उदयपुरगढी, त्रियुगा, चौदण्डीगढी र स्थानीय तह नखुलेका १–१, संखुवासभाको धर्मदेवी र स्थानीय तह नखुलेका १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा गएको २४ घण्टामा ५१६ जना कोरोना संक्रमणमुक्त भएका छन् । भने ८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।














Discussion about this post