इटहरी : सुनसरीमा ६७ सहित प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४२१ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार थपिएका संक्रमितमध्ये झापाको बिर्तामोडमा ३०, कनकाई र अर्जुनधारामा २६–२६, दमकमा १९, शिवसताक्षीमा १६, मेचीनगरमा १४, बुद्धशान्तिमा ८, भद्रपुरमा ४, कमल गाउँपालिकामा २, गौरादह, बाह्रदशी, गौरीगञ्ज र हल्दिबारीमा १–१ जना छन् ।
यस्तै, मोरङको बेलबारीमा २५, विराटनगरमा २३, सुन्दरहरैँचामा ७, बुढीगंगा र पथरीशनिश्चरेमा ३–३, रंगेली र कानेपोखरीमा २–२, केराबारी, मिक्लाजुङ र लेटाङमा १–१ जना संक्रमित छन् ।
यता, सुनसरीको इटहरीमा ३१, धरानमा १९, बराहक्षेत्रमा ५, दुहवी र रामधुनीमा ३–३, देवानगञ्जमा २, इनरुवा, बर्जु, भोक्राहा, हरिनगरमा १–१ जना संक्रमित थपिएका छन् ।
यस्तै, इलामको सूर्योदयमा ५, इलाम नगरपालिकामा ४, चुलाचुलीमा २, माईमा १, संखुवासभाको खाँदबारीमा ५, उदयपुरको बेलकामा २, पाँचथरमा १ र तेह्रथुममा १ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
यस्तै, प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३१२ जना कोरोना संक्रमणमुक्त भएका छन् भने संक्रमणबाट १८ जनाको मृत्यु भएको छ ।














Discussion about this post