इटहरी : सुनसरीमा थप एक साताको लागि निषेधाज्ञा बढाइएको छ ।
जिल्ला प्रशासन कार्यालय सुनसरीका अनुसार साउन ७ गते राति १२ बजेदेखि निषेधाज्ञाको समयावधि सकिएसँगै थप एक साताका लागि निषेधाज्ञा थप गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालका अनुसार मंगलबार रातिदेखि लागू हुनेगरी भदौ १४ गते मध्यराति १२ बजेसम्म निषेधाज्ञा थप गरिएको हो ।
आज (सोमबार) डीसीसीएमसीको सिफारिस अनुसार एक साताका लागि निषेधाज्ञा थप गरिएको हो ।
जिल्लामा कोरोना संक्रमण बढेका कारण निषेधाज्ञा थप गरिएको प्रजिअ ढकालले जानकारी दिए ।















Discussion about this post