इटहरी : इटहरीमा ५२ सहित प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ६११ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार थपिएका संक्रमितमध्ये झापाको दमकमा २७, कनकाई र बिर्तामोडमा २१–२१, शिवसताक्षीमा १६, मेचीनगरमा १५, अर्जुनधारामा १२, भद्रपुरमा १०, कमल गाउँपालिकामा ९, गौरादह, हल्दिबारी र बुद्धशान्तिमा ३–३, बाह्रदशीमा २, कचनकवल र गौरीगञ्जमा १–१ जना संक्रमित देखिएको छ ।
यस्तै, मोरङको विराटनगरमा ४३, लेटाङमा ३८, पथरीशनिश्चरेमा २२, केराबारीमा १३, सुन्दरहरैँचामा १२, उर्लाबारीमा १०, बेलबारीमा २, सुनबर्षी र मिक्लाजुङमा १–१ जना छन् ।
यता, सुनसरीको इटहरीमा ५२, धरानमा ३०, इनरुवामा ४, गढीमा ३, बराहक्षेत्रमा २, रामधुनी र दुहवीमा १–१ जना छन् ।
यस्तै, धनकुटाको धनकुटा नगरपालिकामा १०, छथर जोरपाटीमा ३, चौवीसे र पाख्रिबासमा १–१, इलामको माईमा २, इलाम नगरपालिका र स्थानीय तह नखुलेका १–१, भोजपुरको भोजपुर नगरपालिका र स्थानीय तह नखुलेका १–१, उदयपुरको बेलका र चौदण्डीगढीमा १–१, संखुवासभाको मादी र स्थानीय तह नखुलेका १–१, ताप्लेजुङमा १ र प्रदेश १ बाहिरका ९ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३१२ जना कोरोना संक्रमणमुक्त भएका छन् भने १३ जनाको मृत्यु भएको छ ।














Discussion about this post