इटहरी : इटहरीमा ६५ सहित प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ६३९ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार थपिएका संक्रमितमध्ये झापाको बिर्तामोडमा ४३, कनकाईमा २०, मेचीनगरमा १७, दमकमा १६, शिवसताक्षीमा १३, अर्जुनधारामा १२, बाह्रदशी र बुद्धशान्तिमा ८–८, कमल गाउँपालिकामा ६, भद्रपुरमा ५, गौरादह र स्थानीय तह नखुलेका १–१ जना छन् ।
यस्तै, मोरङको विराटनगरमा ५१, सुन्दरहरैचामा ४२, पथरीशनिश्चरेमा २०, केराबारीमा ११, बेलबारी र उर्लाबारीमा ३–३, लेटाङ, रतुवामाई , बुढीगंगा र मिक्लाजुङमा २–२ जना छन् ।
यता, सुनसरीको इटहरीमा ६५, धरानमा ३०, इनरुवामा ४, बराहक्षेत्र र रामधुनीमा २–२, गढी र स्थानीय तह नखुलेका १–१ जना छन् भने इलामको इलाम नगरपालिकामा ५, चुलाचुलीमा ३, माईजोगमाई, माई, सूर्योदय र रोङमा १–१ जना छन् ।
यस्तै, धनकुटाको धनकुटा नगरपालिकामा ५, पाख्रिबासमा २, स्थानीय तह नखुलेका १ जना छन् भने भोजपुरको अरुणमा २, भोजपुर नगरपालिका र हतुवागढीमा १–१ जना छन् ।
उता, तेहथुमको आठराईमा २ र लालीगुराँसमा १, उदयपुरमा ३, पाँचथरमा १, सोलुखुम्वुमा १, संखुवासभाको खाँदबारीमा १ र प्रदेश १ बाहिरका ७ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
यस्तै, प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५२८ जना कोरोना संक्रमणमुक्त भएका छन् भने संक्रमणबाट ९ जनाको मृत्यु भएको छ ।














Discussion about this post