इटहरी : नेपालमा पछिल्लो २४ घण्टामा थप २,०६५ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमणबाट थप २५ जनाको मृत्यु भएको छ भने २,३३७ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ५६ हजार ७९२ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या १० हजार ६६३ पुगेको छ भने ७ लाख ८ हजार २३० जना संक्रमणमुक्त भएका छन् ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ५९९ जना रहेका छन् ।














Discussion about this post