इटहरी : इटहरीमा ९३ सहित प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ४८३ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार थपिएका संक्रमितमध्ये सुनसरीको इटहरीमा ९३, धरानमा १९, बराहक्षेत्रमा ३, रामधुनीमा २, दुहवी, बर्जु र स्थानीय तह नखुलेका १–१ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै, मोरङको विराटनगरमा ३८, बेलबारीमा १८, केराबारी र सुन्दरहरैँचामा ५–५, लेटाङमा ३, कानेपोखरी र पथरीशनिश्चरेमा २–२, बुढीगंगा र कटहरीमा १–१ जनामा पनि संक्रमण देखिएको छ ।
यस्तै, झापाको दमक र भद्रपुरमा ९–९, गौरादहमा ७, मेचीनगरमा ४, हल्दिबारी र विर्तामोडमा ३–३, शिवसताक्षी र कमल गाउँपालिकामा २–२, बुद्धशान्तिमा १, पाँचथरको फिदिममा २० र हिलिहाङमा १ जनामा संक्रमण देखिएको छ ।
यस्तै, इलामको चुलाचुलीमा २, इलाम नगरपालिका र देउमाईमा १–१, उदयपुरको चौदण्डीगढीमा ३, बेलकामा १, संखुवासभाको चैनपुर र खाँदबारीमा १–१, धनकुटाको धनकुटा नगरपालिका, भोजपुरको भोजपुर नगरपालिका र खोटाङको दिक्तेल रुपाकोटा मझुवागढीमा १–१ र प्रदेश १ बाहिरका २ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४९७ जना कोरोना संक्रमणमुक्त भएका छन् भने संक्रमणबाट ७ जनाको मृत्यु भएको छ ।














Discussion about this post