इटहरी : सुनसरीमा ५५ सहित प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ३४८ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार थपिएका संक्रमितमध्ये झापाको दमकमा ३२, बिर्तामोडमा १९, शिवसताक्षीमा १०, कनकाईमा ७, कमल गाउँपालिकामा ६, मेचीनगर र अर्जुनधारामा ४–४, गौरादहमा ३, भद्रपुर र बुद्धशान्तिमा २–२, हल्दिबारी र झापा गाउँपालिकामा १–१ जना छन् ।
यस्तै, मोरङको विराटनगरमा ३९, सुन्दरहरैचामा २३, पथरीशनिश्चरेमा १५, उर्लाबारीमा ५, कटहरीमा २, सुनबर्षी, ग्रामथान, बुढीगंगा, रतुवामाई र बेलबारीमा १–१ जनामा संक्रमण देखिएको छ ।
यता, सुनसरीको इटहरीमा ४१, इनरुवा र बराहक्षेत्रमा ४–४, धरानमा ३, रामधुनीमा २, दुहवीमा १ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै, पाँचथरको फिदिममा १४, फाल्गुनन्दमा २, हिलिहाङ र फालेलुङमा १–१, इलामको चुलाचुली र इलाम नगरपालिकामा २–२, सूर्योदय र माईमा १–१, तेह्रथुमको फेदापमा २, धनकुटाको पाख्रिबासमा १ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा आज ३८२ जना कोरोना संक्रमणमुक्त भएका छन् भने संक्रमणबाट ६ जनाको मृत्यु भएको छ ।














Discussion about this post