इटहरी : नेपालमा पछिल्लो २४ घण्टामा थप २,२९५ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १,८०८ रहेको छ र मृत्यु हुनेको संख्या १६ रहेको छ ।
सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ६१ हजार १२४ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या १० हजार ७३० पुगेको छ भने ७ लाख १४ हजार ५२० जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३५ हजार ८७४ जना रहेका छन् ।














Discussion about this post