इटहरी : नेपालमा पछिल्लो २४ घण्टामा थप १,६६४ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १,७८६ जना संक्रमणमुक्त भएका छन् । यस्तै, संक्रमणका कारण २० जनाको मृत्यु भएको छ ।
मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ६२ हजार ६४७ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या १० हजार ७५० पुगेको छ भने ७ लाख १६ हजार ३०६ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३५ हजार ५९१ जना रहेका छन् ।














Discussion about this post