इटहरी : प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३८७ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार थपिएका संक्रमितमध्ये झापाको दमक र भद्रपुरमा १५–१५, मेचीनगरमा १२, शिवसताक्षीमा ११, बिर्तामोडमा १०, कनकाईमा ९, अर्जुनधारामा ६, कमल गाउँपालिकामा ५, गौरादह र बाह्रदशीमा ३–३, बुद्धशान्ति, हल्दिबारी र झापा गाउँपालिकामा २–२ जना छन् ।
यस्तै, मोरङको विराटनगरमा ३४, बेलबारीमा १७, सुन्दरहरैँचामा ६, उर्लाबारीमा ५, बुढीगंगामा ३, कानेपोखरीमा २, पथरीशनिश्चरे, ग्रामथान, केराबारी, कटहरी, रंगेली र मिक्लाजुङमा १–१ जना छन् ।
यता, सुनसरीको इटहरीमा ३०, धरानमा २१, इनरुवामा ३, दुहवीमा २, बराहक्षेत्र, हरिनगर, रामधुनी र कोशी गाउँपालिकामा १–१, इलामको इलाम नगरपालिकामा ६, देउमाई र रोङमा १–१, धनकुटाको धनकुटा नगरपालिकामा ४, छथर जोरपाटीमा १, भोजपुरको भोजपुर नगरपालिकामा ३, ताप्लेजुङको मिक्वाखोलामा १ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३९३ जना कोरोना संक्रमणमुक्त भएका छन् भने संक्रमणबाट ६ जनाको मृत्यु भएको छ ।














Discussion about this post