इटहरी : प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ३८३ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार थपिएका संक्रमितमध्ये मोरङको विराटनगरमा ४५, सुन्दरहरैँचामा २४, पथरीशनिश्चरेमा १९, बुढीगंगामा ९, केराबारीमा ४, रंगेलीमा ३, धनपालथान, कटहरी, ग्रामथान, उर्लाबारी, सुनबर्षी र बेलबारीमा २–२, रतुवामाई, लेटाङ र कानेपोखरीमा १–१ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै, झापाको दमकमा २४, शिवसताक्षीमा ११, मेचीनगर र भद्रपुरमा ८–८, बिर्तामोडमा ७, अर्जुनधारामा ६, बुद्धशान्ति र हल्दिबारीमा ३–३, कमल गाउँपालिका र बाहृदशीमा २–२, गौरादह, कनकाई र झापा गाउँपालिकामा १–१ जना छन् ।
यता, सुनसरीको इटहरीमा ३२, धरानमा १५, बराहक्षेत्र र इनरुवामा ५–५, रामधुनीमा ४, दुहवी र स्थानीय तह नखुलेका २–२, देवानगञ्जमा १ जनामा संक्रमण पुष्टि भएको छ ।
उता, इलामको इलाम नगरपालिकामा ४ र सूर्योदयमा १, धनकुटाको धनकुटा नगरपालिकामा २ र महालक्ष्मीमा १, उदयपुरको चौदण्डीगढी र उदयपुरगढीमा १–१ र प्रदेश १ बाहिरका ८ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४४७ जना कोरोना संक्रमणमुक्त भएका छन् भने संक्रमणबाट १ जना पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।














Discussion about this post