इटहरी : नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ७५६ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट थप २३ जनाको मृत्यु भएको छ । यस्तै, यही अवधिमा २ हजार २७४ जना निको भएका छन् ।
नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ५१ हजार ९६४ पुगेको छ । तीमध्ये ७ लाख २३ हजार ४५६ जना निको भएका छन् भने १० हजार ८०९ जनाको मृत्यु भएको छ ।
हाल देशभर रहेका सक्रिय संक्रमितमध्ये ३० हजार ६६२ जना होम आइसोलेसनमा रहेका छन् । यस्तै, संस्थागत आइसोलेसनमा २ हजार ३४४ जनामध्ये ५४० जनाको आईसीयू र १५६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।














Discussion about this post