इटहरी : प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ३२७ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार थपिएका संक्रमितमध्ये मोरङको विराटनगरमा ४८, सुन्दरहरैँचामा २८, उर्लाबारी र बुढीगंगामा ७–७, पथरीशनिश्चरेमा ५, लेटाङमा २, रंगेली, बेलबारी, मिक्लाजुङ र ग्रामथानमा १–१ जना छन् ।
यस्तै, झापाको दमकमा १७, शिवसताक्षीमा १६, बिर्तामोडमा १३, कनकाईमा ११, अर्जुनधारामा १०, मेचीनगरमा ९, बुद्धशान्तिमा ६, गौरादहमा ५, कमल गाउँपालिकामा ४ जना छन् ।
यता, सुनसरीको इटहरीमा २९, बराहक्षेत्रमा ५, दुहवीमा ३, रामधुनीमा २, हरिनगर र स्थानीय तह नखुलेका १–१, इलामको देउमाईमा २, रोङ र चुलाचुलीमा १–१, ताप्लेजुङको आठराई त्रिवेणीमा २, श्रीजंगा र मिक्वाखोलामा १–१ जना छन् ।
यस्तै, तेहृथुमको म्याङलुङमा ३, उदयपुरको उदयपुरगढीमा २, संखुवासभाको चैनपुरमा २, पाँचथरको फिदिम, भोजपुरको षडानन्द र खोटाङको खोटेहाङमा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।
प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३६९ जना कोरोना संक्रमणमुक्त भएका छन् भने संक्रमणबाट १० जनाको मृत्यु भएको छ ।














Discussion about this post