इटहरी : सुनसरीमा करीब चार महिना लामो निषेधाज्ञा हट्ने निर्णय भएको छ । प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालका अनुसार भोलि (सोमबार) देखि सुनसरीमा निषेधाज्ञा हट्ने भएको हो ।
उनका अनुसार भदौ २१ गतेदेखि असोज ४ गतेसम्मको लागि विद्यालय र हाट बजारबाहेक सबै क्षेत्रको निषेधाज्ञा हटाएको हो ।
विद्यालय सञ्चालन र हाटबजारबारे स्थानीय तहलाई निर्णय गर्ने अधिकार दिइएको छ भने संक्रमणको अवस्था हेरेर स्थानीय तहले नै सिल गर्ने वा आवागमनमा रोक लगाउनसक्ने निर्णय डीसीसीएमसीले गरेको छ ।
स्वास्थ्य मापदण्डलाई भने अनिवार्यरुपमा पालना गर्नुपर्ने निर्णय गरिएको छ । यस्तै, चाडपर्वहरु स्वास्थ्य प्रोटोकलको पूर्ण पालना गरी न्यूनतम सहभागितामा मनाउन पाइने प्रशासनले जनाएको छ ।















Discussion about this post