इटहरी : प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४३९ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार झापामा १३६, मोरङमा ६२, सुनसरीमा ३८, धनकुटामा ७, इलाममा ५, ताप्लेजुङ, भोजपुर, उदयपुर र तेह्रथुममा १–१ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण भएको हो ।
झापाको विर्तामोडमा २४, मेचीनगर र कन्काईमा २०–२०, अर्जुनधारा र भद्रपुरमा १७–१७, दमकमा १५, शिवसताक्षीमा ९, कमल गाउँपालिकामा ४, हल्बिारीमा ३, कचनकवल, गौरादह र बुद्धशान्तिमा २–२, बाह्रदशीमा १ जनामा संक्रमण पुष्टि भएको छ ।
यसैगरि, मोरङको विराटनगरमा ४४, सुन्दरहरैचा र रंगेलीमा ३–३, मिक्लाजुङ, रतुवामाई, बेलबारी, पथरीशनिश्चरे र उर्लाबारीमा २–२, बुढीगंगा र धनपालथानमा १–१ जना संक्रमित थपिएका छन् ।
यस्तै सुनसरीको धरानमा २३, इटहरीमा ८, इनरुवा, बराहक्षेत्र र रामधुनीमा २–२, हरिनगरमा १ जना संक्रमित थपिएका हुन् भने धनकुटाको धनकुटा नगरपालिकामा ५, छथर जोरपाटी र साँघुरीगढीमा १–१, इलामको इलाम नगरपालिकामा ३ र सुर्योदयमा २, ताप्लेजुङको फुङलिङ, भोजपुरको पौवादुङ्मा, तेह्रथुमको म्याङलुङ र उदयपुरको स्थानीय तह नखुलेका १–१ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४१० जना कोरोना संक्रमणमुक्त भएका छन्, भने संक्रमणबाट ८ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।












Discussion about this post