इटहरी : इटहरीमा ७३ सहित प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ३९९ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार थपिएका संक्रमितमध्ये मोरङको विराटनगरमा ८९, पथरीशनिश्चरेमा १०, केराबारीमा ७, बेलबारी र उर्लाबारीमा ३–३, बुढीगंगा, ग्रामथान, रंगेली र सुन्दरहरैँचामा २–२, कटहरी, रतुवामाई, कानेपोखरीमा १–१ जना छन् ।
यस्तै, सुनसरीको इटहरीमा ७३, धरानमा ४, रामधुनीमा ३, इनरुवामा २, दुहवी, गढी, देवानगञ्ज र बराहक्षेत्रमा १–१ जना छन् ।
उता, झापाको दमकमा १६, भद्रपुरमा १२, मेचीनगर र विर्तामोडमा ४–४, शिवसताक्षीमा ३, हल्दिबारी र झापा गाउँपालिकामा २–२, कचनकवल र कमल गाउँपालिकामा १–१, धनकुटाको धनकुटा नगरपालिमा ६, इलामको इलाम नगरपालिकामा २ र रोङमा १, पाँचथरको मिक्लाजुङ, उदयपुरको त्रियुगा र संखुवासभाको खाँदबारीमा १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३९८ जना कोरोना संक्रमणमुक्त भएका छन् भने संक्रमणबाट ६ जनाको मृत्यु भएको छ ।












Discussion about this post