इटहरी : सुनसरीमा ६ जना जनप्रतिनिधिले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् ।
जिल्ला निर्वाचन कार्यालय सुनसरीका अनुसार ६ जना जनप्रतिनिधिले कार्यालयमा गएर सनाखत गरेका छन् । यद्यपि, उनीहरुको नाम खुलाइएको छैन ।
जिल्ला निर्वाचन अधिकृत कृष्णप्रसाद पौडेलले दल रोज्न दिइएको समयभित्र उपस्थित भइ ६ जनाले सनाखत गरेको जानकारी दिए । एकीकृत समाजवादी रोज्नेमा इटहरी, इनरुवा, बराहक्षेत्र र धरानबाट निर्वाचित जनप्रतिनिधिहरु रहेको बुझिएको छ ।
इटहरी र धरानका एक–एक जना कार्यपालिका सदस्यले सनाखत गरेका छन् । त्यस्तै, इनरुवा र इटहरीका एक–एक जना र बराहक्षेत्रका दुई जना वडा सदस्य रहेका छन् ।














Discussion about this post