मोरङ : मोरङ मिक्लाजुङ्ग गाउँपालिका ६ का २९ वर्षीय दीपक लिम्बूको करेन्ट लागेर मृत्यु भएको छ ।
आफ्नै घर कोठामा बिजुलीको बत्ती बनाउने क्रममा करेन्ट लागेर घाइते भएका उनको गोदावारी अस्पताल उर्लाबारीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाबारे इलाका प्रहरी कार्यालय उर्लाबारीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।











Discussion about this post