सोलुखुम्बु : सोलुखुम्बु थुलुङ दूधकोशी गाउँपालिका ८ दिप्लीघाटमा लु ३ त ५४५० नम्बरको ट्याक्टर आफैँ दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार मृत्यु हुनेमा ट्याक्टर चालक उदयपुर कटारीका २६ वर्षीय रमेश राउत रहेका छन् । दुर्घटनामा सहचालक खोटाङ ऐँसेलुखर्क ३ का १८ वर्षीय प्रदीप दाहाल घाइते भएका छन् । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
सल्लेरीबाट सोताङतर्फ जाने क्रममा आफैँ अनियन्त्रित भई सडक देखि १० मिटर तल खसेर दुर्घटना भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post