मोरङ : मोरङको ग्रामथान गाउँपालिका गिदनिया ५ का ३० वर्षीय सन्तोस बिश्वासको करेन्ट लागेर मृत्यु भएको छ ।
बुधबार दिउँसो ग्रामथान ५ लवारेमा रहेको कुखुरा फर्ममा खानेपानी भर्न मोटर जोड्ने क्रममा करेन्ट लागेर घाइते भएका उनको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।











Discussion about this post