इटहरी : इटहरीमा ४८ सहित प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ३४९ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
समाजिक विकास मन्त्रालयका अनुसार थपिएका संक्रमितमध्ये झापाको दमकमा २१, शिवसताक्षी र बिर्तामोडमा १०–१०, भद्रपुरमा ८, कनकाईमा ७, मेचीनगरमा ५, अर्जुनधारा र झापा गाउँपालिकामा ३–३, बुद्धशान्ति, बाहृदशी, गौरादह, कमल गाउँपालिका र स्थानीय तह नखुलेका २–२ जना छन् ।
यस्तै, मोरङको विराटनगरमा ४३, पथरीशनिश्चरेमा १२, केराबारीमा ८, उर्लाबारीमा ५, कटहरी, बुढीगंगा र रंगेलीमा २–२, सुन्दरहरैँचा र स्थानीय तह नखुलेका १– १ जना छन् ।
यता, सुनसरीको इटहरीमा ४८, धरानमा १६, इनरुवामा २, बराहक्षेत्र, देवानगञ्ज, रामधुनी र स्थानीय तह नखुलेका १–१ जना छन् ।
यस्तै, धनकुटाको धनकुटा नगरपालिकामा ५ र स्थानीय तह नखुलेका १, इलामको इलाम नगरपालिका, चुलाचुली, देउमाई र माईमा १–१, उदयपुरको चौदण्डीगढीमा २, उदयपुरगढी र त्रियुगामा १–१, पाँचथरको फाल्गुनन्द, तेहृथुमको म्याङलुङमा १–१ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३५८ जना कोरोना संक्रमणमुक्त भएका छन् भने संक्रमणबाट एक पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।














Discussion about this post