नेपालमा पछिल्लो २४ घण्टामा ९११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
गत २४ घण्टामा १,४२३ जना संक्रमणमुक्त भएका छन् भने १३ जनाको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ६३ हजार ८५७ पुगेको छ । तीमध्ये ७ लाख ३९ हजार ४५७ जना निको भएका छन् भने १० हजार ९४९ जनाको मृत्यु भएको छ ।














Discussion about this post