इटहरी : प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३६६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार मोरङमा ११०, सुनसरीमा ८१, झापामा ५७, धनकुटामा ५, उदयपुर, संखुवासभा र इलाममा १–१ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको हो ।
मोरङको विराटनगरमा ७४, बेलबारीमा ११, बुढीगंगामा ७, सुन्दरहरैचामा ६, कटहरी र उर्लाबारीमा ३–३, पथरीशनिश्चरे र धनपालथानमा २–२, रतुवामाई र मिक्लाजुङमा १–१ जनामा संक्रमण देखिएको छ ।
यसैगरि सुनसरीको इटहरीमा ५०, धरानमा १७, रामधुनीमा ७, इनरुवामा ४, बराहक्षेत्र, देवानगञ्ज र दुहवीमा १–१ जना छन् भने झापाको दमकमा १६, भद्रपुरमा १३, विर्तामोडमा ७, शिवसताक्षी र कमल गाउँपालिकामा ५–५, हल्दिबारी र मेचीनगरमा ३–३, गौरीगञ्जमा २, गौरादह, अर्जुनधारा र स्थानीय तह नखुलेका १–१ जना छन् ।
यस्तै, धनकुटाको धनकुटा नगरपालिकामा ५, उदयपुरको चौदण्डीगढी, संखुवासभाको पाँचखपन र इलामको चुलाचुलीमा १–१ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
यस्तै, प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४१२ जना कोरोना संक्रमणमुक्त भएका छन् भने कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।














Discussion about this post