इटहरी : इटहरीमा ४३ सहित प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ३९० जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार थपिएका संक्रमितमध्ये मोरङको विराटनगरमा ४४, लेटाङमा १६, पथरीशनिश्चरेमा १५, बेलबारीमा ९, उर्लाबारीमा ५, केराबारीमा ३, धनपालथान, कटहरी र रंगेलीमा २–२, बुढीगंगा, सुन्दरहरैँचा, कानेपोखरी र ग्रामथानमा १–१ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै, झापाको विर्तामोडमा २३, कनकाईमा १७, भद्रपुरमा १४, अर्जुनधारामा ११, शिवसताक्षीमा ९, दमकमा ७, मेचीनगरमा ६, हल्दिबारी, बाहृदशी र कमल गाउँपालिकामा ३–३, बुद्धशान्तिमा २, गौरादह र झापा गाउँपालिका र स्थानीय तह नखुलेका १–१ जनामा संक्रमण देखिएको छ ।
यता, सुनसरीको इटहरीमा ४३, धरानमा ९, इनरुवामा ३, हरिनगर, बर्जु, रामधुनी, दुहवी, बराहक्षेत्र र स्थानीय तह नखुलेका १–१ जना छन् ।
उता, इलामको इलाम नगरपालिकामा ३, मांसेबुङमा २, चुलाचुली, देउमाई र रोङमा १–१, ताप्लेजुङमा २, धनकुटाको धनकुटा नगरपालिकामा २, उदयपुरको बेलका र चौदण्डीगढीमा १–१, पाँचथरमा १, खोटाङको दिक्तेल रुपाकोटा मझुवागढीमा १ र प्रदेश १ बाहिरका २ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३२८ जना कोरोना संक्रमणमुक्त भएका छन् भने संक्रमणबाट २ पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।














Discussion about this post