इटहरी : इटहरीका मेयर द्वारिकालाल चौधरी फेरि विवादमा आएका छन् ।
केही सेवाग्राही महिलालाई कार्यकक्षमै दुव्र्यवहार गरेको भन्दै इटहरीका दर्जन बढी संस्थाहरूले मेयर चौधरीको विरोध गरेका छन् ।
उनीहरुले चौधरीलाई कारवाही गर्न माग समेत गरेका छन् । कारबाही नभए आफूहरूले चरणबद्ध आन्दोलनका कार्यक्रम गर्ने चेतावनी समेत दिएका छन् ।
बुधबार (हिजो) दिउँसो कार्यालय पुगेका सीता शेर्पा राई र शर्मिला भट्टराईलाई सेवा सिफारिसमा तोक लगाउने क्रममा महिलाहरुकै अपमान हुने गरी जथाभावी अपशब्द बोलेर दुव्र्यवहार गरेको प्रस विज्ञप्तिमा उल्लेख छ । इटहरी ४ मा बसोबास गर्ने ती महिलाहरूलाई नगर प्रहरी बोलाएर अपमान शब्द प्रयोग गर्दै धम्काइएको विज्ञप्तिमा उल्लेख छ ।
स्थानीय तहको नेतृत्व लिइरहेका प्रमुख जिम्मेवार व्यक्तिबाट नै महिलाहरूलाई दुव्र्यवहार भएको भन्दै विभिन्न संघसंस्थाहरूले विरोध जनाएका हुन् ।
मेयर चौधरीले यसअघि पनि विभिन्न सेवाग्राहीहरुलाई गर्ने व्यवहारका विषयलाई लिएर सार्वजनिक टिप्पणी हुँदै आएको छ । पटकपटक विवादमा आउने मेयर चौधरीले अपमान गरेका महिलाहरूमाथि माफी माग्नुपर्ने नभए आफूहरू चरणवद्व आन्दोलन गर्ने विज्ञप्तिमा उल्लेख छ ।
Discussion about this post