मोरङ : मोरङको सुनवर्षी नगरपालिका ४ का ५१ वर्षीय दुर्गाप्रसाद ऋषिदेव मृत फेला परेका छन् ।
शनिबार बिहान घरदेखि ३ सय मिटर उत्तर–पश्चिममा रहेको बाटो छेउको नालीमा डुबेर मृत्यु भएको अवस्थामा शव भेटिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले बताए ।
उनका अनुसार बिहान ६ बजेतिर स्थानीयले ऋषिदेवलाई मृत फेला पारेपछि प्रहरीलाई घटनाका बारेमा जानकारी दिएका थिए । प्रहरीले घटनाबारे थप अनुसन्धानको प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ ।
Discussion about this post