Wednesday, June 3, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

इटहरीका मेयर द्धारिकलाल चौधरीले महिलालाई यसरी गरे दुव्र्यवहार, स्वकीय सचिवको धम्की

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
अशोज ४, २०७८
in समाचार
0
इटहरीका मेयर एक्सनमा, रोयल रिसोर्टको भवन भत्काउन दिए अल्टिमेटम
315
SHARES
Share on FacebookShare on Twitter

इटहरी : गत ३० भदौ बुधबार दिउँसो इटहरी उपमहानगरपालिका प्रमुख द्धारिकलाल चौधरीको कार्यकक्षमा बैठक बसिरहेको थियो । त्यही समयमा इटहरी ४ का दुई महिला बैठक कक्ष बाहिर पुगे ।

सीता शेर्पा राई र शर्मिला भट्टराई नाम गरेका उनीहरू मेयर चौधरीलाई भेटेर आफ्नो कागजपत्रमा हस्ताक्षर गराउन बैठक भएकाले निकै बेर बाहिर कुरे ।

शर्मिला भट्टराई चटपटे, पानीपुरी व्यवसाय गर्न नगरले दिने गरिबी अनुदान लिन गएकी थिइन्। करिब १० देखि १५ हजार सम्मको सामग्री दिने भएपछि कागजपत्र सहित उनी त्यहाँ पुगिन् ।

वडा कार्यालयले आवश्यक सिफारिस दिएपछि दुवै जना उपमहानगरमा अनुदान प्रक्रिया अघि बढाउन गएका थिए । नियमानुसार वडाले दिएको सिफारिसको मेयर चौधरीले तोक लगाउनु पर्थ्यो । त्यही तोक लगाउन उनीहरू मेयरको कार्यकक्ष पुगे ।

भित्र बैठक चल्दै गरेको जानकारी कार्यालय सहयोगीले दिएपछि उनीहरू बाहिरै पर्खिएर बसे । झन्डै एक घण्टा पर्खिए तर पालो आएन । ढिलो भएपछि सिताले त्यही बाहिर रुङ्ने कार्यालय सहयोगीलाई सहयोग मागिन् । ‘सबै कागज पुरा छ, वडाले पनि तोक लगाएको छ, मेयर साबले तोक लगाइदिए पुग्छ, यति तपाईँले नै मेयर साबलाई तोक लगाएर ल्याइदिनु न ।’

यति भनेपछि बाहिर बस्ने कार्यालय सहयोगीले मेयर सम्म उनको कागजात पुर्‍याए । मेयरले निवेदनमा तोक लगाए । तर, फेरि वडा कार्यालयमै वडामै जानू पर्ने भएपछि शेर्पा अचम्ममा परिन् । वडाबाट सबै काम सकिएकोले उनी मेयर सम्म आएकी थिइन् । त्यसपछि उनले फेरि मेयरसँग भेट्न कार्यालय सहयोगीलाई समय मागिन् । ‘मेयर साबले कुरा बुझ्नु भएन कि के हो ? म एकचोटी भित्र पसेर भन्छु है भन्दै उनी भित्र छिरिन् ।

मेयरको कार्यकक्षमा छिरेर शेर्पाले मेयर साब लगायत सम्पूर्णमा नमस्कार भन्न नपाउँदै मेयर चौधरीले यस्तो आइमाईलाई कसले भित्र पस्न दियो ? बाहिर बाहिर भन्दै रिसले मुरमुरिए।

मेयर चौधरीको यस्तो बोलीले शेर्पा छाँगाबाट खसेको जस्तै भइन् । शेर्पाले भनिन्, ‘मेयरले यस्तो भनेपछि मैले सडकमा रातदिन हड्डी घोटेर गरिखाने दिदीबहिनीलाई सम्झे । म मेयरको छिमेकी हो, लामो समयदेखि संर्घष गर्दै आएकी म मेयरकै भनाई अनुसार म कस्तो आइमाई हो ?’ त्यसपछि चुनावमा ‘एक भोटले त हारजित हुन्छ, मेरो घरको पाँच भोट खेर गएछ’ भन्दै बाहिर निस्किइन् ।

बाहिर निस्किनासाथ मेयर चौधरीका स्वकीय सचिव सूर्य चौधरीले हातमा सुनको बाला, घाँटीका सुनको सिक्री लाउने मान्छे सहयोग माग्न किन आको भन्दै धम्की दिए । तीजको छेको पारेर सुन जस्तो देखिने ३ सयको ग्यारेन्टीवाला गहना लगाएकोलाई स्वकीय चौधरीले सुन किन लगाएको भन्दै झपारे । त्यसपछि उनी त्यहाँबाट मलिन हुँदै निस्किइन् ।

‘म सडक पेटीमा चिया बेच्दै आएको मान्छे। धेरै वर्ष भयो तीजमा केही लगाउन पाएको थिइन् । अस्तिको तीजमा ३ सयको ग्यारेन्टीवाला सिक्री लगाएको थिँए’ उनी भन्छिन्, ‘सुन जस्तो देखिनेबित्तिकै सबै सुन हुन्छ र मैले सुन नै लगाए पनि म त साथी बनेर गएको हो ।’

नगर प्रमुख चौधरीको बोलीबाट दुखी बनेका शेर्पा र भट्टराई कानुनी उपचार खोज्ने बताउँछन् । आफूले नगरको अभिभावक मानेको व्यक्तिबाटै अमानवीय, व्यवहार भएको भन्दै कानुनी उपचारको तयारीमा लागेको शेर्पाले बताइन् ।

उनीहरूलाई अहिले विभिन्न १३ सङ्गठन महिला अधिकारकर्मीहरूले सहयोग गर्ने बताएका छन् । मेयरविरूद्ध ध्यानाकर्षण सहित धर्ना कार्यक्रम गर्ने अधिकारकर्मीहरूले चेतावनी दिएका छन् । संयुक्त विज्ञप्ति जारी गर्दै महिला अधिकारकर्मीहरूले कडा सङ्घर्ष गर्ने बताएका छन् ।

‘नेपालको संविधानले सुनिश्चित गरेको संवैधानिक हक र अधिकार कार्यान्वयन गर्नु राज्यको दायित्व हो । तर यसरी स्थानीय तहको नेतृत्व लिई रहेको प्रमुख जिम्मेवार व्यक्तिबाट नै महिलालाई लक्षित गरी प्रहार गरिएको अपशब्दले देशको ५२ प्रतिशत भन्दा बढी जनसङ्ख्या ओगटेको महिलाहरूलाई प्रत्यक्ष रूपमा अपमानित गरेको छ,’ उनीहरूले निकालेको संयुक्त विज्ञप्तिमा भनिएको छ ।

पटकपटक महिलाप्रति नगरप्रमुखले गरेको अपमान सहेर नबस्ने समेत उनीहरूले बताएका छन् । मेयर चौधरीलाई सम्बन्धित निकायले कडा भन्दा कडा कारबाही गर्न पनि उनीहरूले माग गरेका छन् । चौधरीले महिलासँग सार्वजनिक स्थानमा माफी माग्नुपर्ने उनीहरूको माग छ ।

प्रकाश तिम्सिनाले लेखेको यो समाचार न्यूजकारखानाबाट साभार गरिएको हो ।

Tags: दुव्र्यवहारद्धारिकलाल चौधरीद्वारिकलाल चौधरी
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

विमल गुरुङ स्मृति पुस्तकालयद्धारा कविता र पुस्तक आह्वान, उत्कृष्ट कृतिलाई दुई लाख रुपैयाँ पुरस्कार
कला साहित्य

विमल गुरुङ स्मृति पुस्तकालयद्धारा कविता र पुस्तक आह्वान, उत्कृष्ट कृतिलाई दुई लाख रुपैयाँ पुरस्कार

by टाकुरा न्यूज । इटहरी
जेष्ठ १९, २०८३
0

धरान : ३५ औँ राष्ट्रिय कविता महोत्सवको तयारीस्वरूप विमल गुरुङ स्मृति पुस्तकालयले कविहरूबाट कविता र पुस्तक आह्वान गरेको छ। आगामी कात्तिक...

मोरङमा नेपालकै पहिलो अन्तरधार्मिक शान्ति पार्क
फाेटाे फिचर

मोरङमा नेपालकै पहिलो अन्तरधार्मिक शान्ति पार्क

by टाकुरा न्यूज । इटहरी
जेष्ठ १९, २०८३
0

मोरङको लेटाङ नगरपालिका–१ मा अवस्थित नेपालकै पहिलो अन्तरधार्मिक शान्ति पार्क । धार्मिक सहिष्णुता, मेलमिलाप र सामाजिक एकता कायम राख्ने उद्देश्यका...

‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

झापा, मोरङ र सुनसरीबाट ब्राउनसुगरसहित सात जना प्रहरी नियन्त्रणमा

जेष्ठ १९, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

उदयपुरमा मोटरसाइकल दुर्घटना हुँदा २४ वर्षीय युवकको मृत्यु 

जेष्ठ १९, २०८३
यस्तो छ प्रदेश १ सरकारको नीति तथा कार्यक्रमको पूर्ण पाठ

महालेखाको प्रतिवेदन : कोशीमा १.०६ प्रतिशत बेरुजु, सुझाव कार्यान्वयनमा प्रदेश प्रमुखको जोड

जेष्ठ १९, २०८३
समपूरक अनुदान : झापासहित कोसीका सात सडकको स्तरोन्नति

उत्तर-दक्षिण कोशी राजमार्ग : खाँदबारी-नुमखण्डमा ७५ प्रतिशत भौतिक प्रगति

जेष्ठ १९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

विमल गुरुङ स्मृति पुस्तकालयद्धारा कविता र पुस्तक आह्वान, उत्कृष्ट कृतिलाई दुई लाख रुपैयाँ पुरस्कार

विमल गुरुङ स्मृति पुस्तकालयद्धारा कविता र पुस्तक आह्वान, उत्कृष्ट कृतिलाई दुई लाख रुपैयाँ पुरस्कार

जेष्ठ १९, २०८३
मोरङमा नेपालकै पहिलो अन्तरधार्मिक शान्ति पार्क

मोरङमा नेपालकै पहिलो अन्तरधार्मिक शान्ति पार्क

जेष्ठ १९, २०८३
‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

झापा, मोरङ र सुनसरीबाट ब्राउनसुगरसहित सात जना प्रहरी नियन्त्रणमा

जेष्ठ १९, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

उदयपुरमा मोटरसाइकल दुर्घटना हुँदा २४ वर्षीय युवकको मृत्यु 

जेष्ठ १९, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1500 shares
    Share 600 Tweet 375
  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1426 shares
    Share 570 Tweet 357
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    902 shares
    Share 361 Tweet 226
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    610 shares
    Share 244 Tweet 153
  • इटहरीमा ब्राउनसुगरसहित एक पक्राउ

    516 shares
    Share 206 Tweet 129

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.