मोरङ : बूढीगंगा गाउँपालिका ६ सैतानपुरका २६ वर्षीय कामलिस माझीको करेन्ट लागेर मृत्यु भएको छ ।
बिहीबार साँझ स्थानमा रहेको त्रिजुगा खोलामा आफ्नै घरको बिद्युतको लाईन लगेर करेन्ट लगाई माछा मार्ने क्रममा आफैँलाई करेन्ट लागेको प्रहरीले जनाएको छ ।
करेन्ट लागेर गम्भीर घाइते भएका उनको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा प्रहरी चौकी कोयलपुरबाट प्रहरी टोली खटिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।











Discussion about this post