इटहरी : नेकपा माओवादी केन्द्र इटहरी उपमहानगर इञ्चार्जमा युवा नेता मदन चुडाल चयन भएका छन् । केन्द्रले इटहरी उपमहानगरपालिका इञ्चार्जको जिम्मेवारी युवा नेता चुडाललाई दिएको हो।
अखिल क्रान्तिकारीका पूर्व केन्द्रीयउपाध्यक्ष चुडाल सुनसरी जिल्ला कमिटी सदस्यसहित युवा विभागको जिम्मेवारीमा पनि छन्।
पार्टीले दिएको जिम्मेवारीलाई बलियो र दरिलो हिसाबले दर्विलो संगठन निर्माणमा आफ्नो भूमिका हुने चुडाल बताउँछन्।
Discussion about this post