Tuesday, September 1, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

इटहरीमा घरायसी विवादमै हत्या, यी हुन् दोषी पत्ता नलागेका ठूला हत्याका घटना

पाँच वर्षमा १४ जनाको हत्या

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
अशोज १०, २०७८
in टाकुरा विशेष, समाचार
0
इटहरीको द बर्गर हाउसमा चोरी, चोरीमा संलग्न २ महिलासहित ८ जना पक्राउ

तस्वीरमा इटहरी प्रहरी कार्यालय ।

830
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरीमा घरायसी विवादमै हत्या भएको छ । शुक्रबार (भदौ ८) साँझ इटहरी ३ सुनौलो बस्तीका २२ वर्षीय राजु थापाको हत्या भएको हो ।

इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) अर्जुन केसीका अनुसार स्थानीय ६२ वर्षीय देवीप्राद अधिकारीको छुरा प्रहारबाट थापाको मृत्यु भएको हो । सामान्य घरायसी झगडामा भएको कुटपिटमा छुरा प्रहार हुँदा उनको हत्या भएको डीएसपी केसीले बताए । उनका अनुसार घटनामा गम्भीर घाइते भएका थापाको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो ।

अधिकांश घटना घरायसी विवाद र रिसिबीका कारण हुने गरेको डीएसपी केसीले बताए । १४ जनाको कर्तव्य ज्यान मुद्दामा १६ जनालाई पक्राउ गरी कारागार चलान गरिएको छ । 

‘हत्याका आरोपित अधिकारीसँग गाउँले कसैको पनि राम्रो सम्बन्ध रहेनछ,’ डीएसपी केसीले भने, ‘यसअघि झगडा भयो भनेर प्रहरीमा खबर भएको थियो, पहिल्यै प्रहरीले गएर सम्झाएर आएपनि पछि घटना भएछ ।’ उनका अनुसार हत्यापछि आक्रोशित स्थानीय र पीडितका आफन्तले घटनामा संलग्न अधिकारीको घरमा आगजनी गरेका छन् ।

‘आक्रोशित आफन्तले अधिकारीको घरमा आगलागी गर्दा स्थानीय सबिना भुसालको घरमा समेत आगलागी भएको छ,’ केसीले टाकुरासँग भने, ‘बाँसको टाटीले बारेको घर भएका कारण पूर्ण आगलागी भएको छ ।’ उनका अनुसार आगलागीमा अन्दाजी डेढ लाख बराबरको क्षति भएको छ ।

पाँच वर्षमा १४ जनाको हत्या

इलाका प्रहरी कार्यालय इटहरीको तथ्याङ्क अनुसार पाँच आर्थिक वर्षमा १४ जनाको हत्या भएको छ । आर्थिक वर्ष ७३।७४ मा एकजनाको हत्या भएको छ भने ७४।७५ मा दुईजनाको हत्या भएको तथ्याङ्कले देखाएको छ । यस्तै, ७५।७६ मा चार, ७६।७७ मा दुई, ७७।७८ मा चार र ७८।७९ मा एकजनाको हत्या भएको तथ्याङ्कमा उल्लेख छ ।

इटहरीमा एक दशक भन्दा धेरै भएको हत्याका दोषीलाई भने प्रहरीले पक्राउ गर्न सकेको छैन ।

अधिकांश घटना घरायसी विवाद र रिसिबीका कारण हुने गरेको डीएसपी केसीले बताए । १४ जनाको कर्तव्य ज्यान मुद्दामा १६ जनालाई पक्राउ गरी कारागार चलान गरिएको छ । यस्तै, शुक्रबार भएको हत्यामा संलग्न अधिकारीलाई पक्राउ गरिएको र आइतबार अदालतमा म्याद थप गर्ने तयारी गरिएको डीएसपी केसीले जानकारी दिए ।

‘धेरैजसो घटना घरायसी विवाद र रिसिबीकै कारण भएको देखिएको छ,’ उनले टाकुरासँग भने, ‘निरन्तर फलोअप भयो भने घटनाको जडसम्म पुग्न सकिन्छ, केस जति पुरानो भयो, उति जटिल हुन्छ ।’

यी हुन् दोषी पत्ता नलागेका ठूला हत्याका घटना

इटहरीमा एक दशक भन्दा धेरै भएको हत्याका दोषीलाई भने प्रहरीले पक्राउ गर्न सकेको छैन । ३१ वैशाख २०६२ मा तत्कालीन इटहरी नगरपालिका प्रमुख गीतानिधि रायमाझीको हत्या भएको थियो । यस्तै, ५ चैत्र २०६४ मा इटहरीस्थित हार्डवेयर पसल सञ्चालन गर्दै आएका कैलाश अग्रवाल र शान्तादेवी अग्रवालको हत्या भयो ।

४ मंसिर २०७० मा इटहरी खनारमा बसोबास गर्दै आएका सुवास काफ्लेको हत्या भएको थियो । यस्तै, २० फागुन २०७२ मा इटहरी २ की १३ वर्षीया सपना भुजेलको हत्या भएको थियो ।

उनीहरूको हत्यामा संलग्न दोषीलाई प्रहरीले हालसम्म पक्राउ गर्न सकेको छैन ।

 

Tags: #इटहरी#इटहरी प्रहरी#हत्या
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

संखुवासभाका अलपत्र सडकमा मन्त्री आचार्यको ‘एक्सन’ : समयमै काम नभए ठेक्का तोड्ने चेतावनी
टाकुरा विशेष

संखुवासभाका अलपत्र सडकमा मन्त्री आचार्यको ‘एक्सन’ : समयमै काम नभए ठेक्का तोड्ने चेतावनी

by टाकुरा न्यूज । इटहरी
भदौ १६, २०८३
0

विराटनगर । संखुवासभा जिल्लामा सञ्चालित दुई ठूला बहुवर्षे सडक आयोजनाहरू वर्षौँदेखि अलपत्र परेपछि कोशी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय निर्माण...

संखुवासभामा भरुवा बन्दुकसहित एक जना नियन्त्रणमा
समाचार

संखुवासभामा भरुवा बन्दुकसहित एक जना नियन्त्रणमा

by टाकुरा न्यूज । इटहरी
भदौ १६, २०८३
0

संखुवासभा : संखुवासभाको मकालु गाउँपालिका–५ का ५ सिताराम गुरुङ भरुवा बन्दुकसहित पक्राउ परेका छन् । गुरुङले भरुवा बन्दुक लुकाएर राखेको...

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

सुनसरीमा दुई मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई गम्भीर घाइते

भदौ १६, २०८३

इटहरीमा लागूऔषधसहित दुई युवक पक्राउ

भदौ १६, २०८३
जनता क्याम्पसको कामु क्याम्पस प्रमुखमा यादव

जनता क्याम्पसको कामु क्याम्पस प्रमुखमा यादव

भदौ १५, २०८३
पहिरोले सिद्धिचरण लोकमार्गमा सास्ती

पहिरोले सिद्धिचरण लोकमार्गमा सास्ती

भदौ १५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

संखुवासभाका अलपत्र सडकमा मन्त्री आचार्यको ‘एक्सन’ : समयमै काम नभए ठेक्का तोड्ने चेतावनी

संखुवासभाका अलपत्र सडकमा मन्त्री आचार्यको ‘एक्सन’ : समयमै काम नभए ठेक्का तोड्ने चेतावनी

भदौ १६, २०८३
संखुवासभामा भरुवा बन्दुकसहित एक जना नियन्त्रणमा

संखुवासभामा भरुवा बन्दुकसहित एक जना नियन्त्रणमा

भदौ १६, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

सुनसरीमा दुई मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई गम्भीर घाइते

भदौ १६, २०८३

इटहरीमा लागूऔषधसहित दुई युवक पक्राउ

भदौ १६, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    448 shares
    Share 179 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    307 shares
    Share 123 Tweet 77
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    291 shares
    Share 116 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    281 shares
    Share 112 Tweet 70
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    279 shares
    Share 112 Tweet 70

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
समाचार संयोजक : पुष्प पराजुली (अभिमन्यु अभिजित)
साहित्य संयोजक : राज भट्टराई
संवाददाता : निश्चल शर्मा
संवाददाता : सुमन रेग्मी
संवाददाता : मनोज अधिकारी
हाम्रो टिम

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

 

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.