मोरङ : मोरङको लेटाङ नगरपालिका ९ जाँतेस्थित खोलामा ढुङ्गा चोर्दै गरेको ट्र्याक्टर भगाउन खोज्दा चक्काले किचेर एक जनाको मृत्यु भएको छ ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार प्रदेश १–०१–००१ त–८२५४ नम्बरको ट्र्याक्टरले किच्दा मोरङको उर्लाबारी नगरपालिका २ का २३ वर्षीय अमन धिमालको मृत्यु भएको हो ।
ट्रलीको चक्काले किचेपछि गम्भीर घाइते भएका उनको उपचारका क्रममा विराटनगरको नोबेल शिक्षण अस्पतालमा आज (सोमबार) बिहान १० बजेतिर मृत्यु भएको श्रेष्ठले बताए । उनका अनुसार मृतक सोही ट्र्याक्टरका मजदुर हुन् ।
प्रहरीलाई देख्नासाथ चालक उर्लाबारी २ का २१ वर्षीय लक्ष्मण कार्कीले ढुङ्गा चोर्दै गरेको ट्र्याक्टर भगाउन खोजेको र भगाउने क्रममा ट्रलीको चक्काले किचेको प्रहरीको भनाइ छ ।
इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक रोमन अर्याल नेतृत्वको टोलीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान अगाडि बढाएको छ ।











Discussion about this post