मोरङ : मोरङको दुई छुट्टा छुट्टै स्थानबाट लागूऔषध र प्रतिबन्धित औषधी सहित दुई जना पक्राउ परेका छन् ।
हिजो बेलुका बिराटनगर महानगरपालिका १५ १ नम्बर ढाटबाट लागूऔषध नियन्त्रण ब्युरोबाट गएको प्रहरी टोलीले सुन्दरहरैचा नगरपालिका ३ का २३ वर्षीय अल्फन लिम्बुलाई लागूऔषध लुपिजेसिक ४ एम्पुल, डाईजाल्याब ७ एम्पुल, एभिल ९ एम्पुल र फेनारगन ६ एम्पुल सहित पक्राउ गरिएको छ ।
पक्राउ परेका लिम्बुलाई इलाका प्रहरी कार्यालय रानीले थप अनुसन्धान गरिरहेको छ ।
यसैगरी हिजै बेलुका साढे ५ बजे इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले सुनवर्षी नगरपालिका ८ विश्वकर्मा चौक दक्षिणबाट उत्तर तर्फ आउदै गरेको को १८ प ९५०२ नम्बरको स्कुटीलाई चेकजाँच गर्दा स्कुटी पछाडी सवार रतुवामाई नगरपालिका ९ ईटहरा का २१ वर्षीय गोविन्द थापाको साथबाट प्रतिवन्धीत औषधि ट्रामाडोल ४०० गोटी बरामद भएको थियो ।
सो प्रतिबन्धीत औषधि बरामद भए पश्चात स्कुटी चालक उर्लाबारी नगरपालिका ७ का २१ वर्षीय अनिल राय समेतलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post