भोजपुर : आफ्नै श्रीमतीलाई भरुवा बन्दुक ताकेर मार्छु भन्दै धाकधम्की दिने भोजपुर रामप्रसादराई गाउँपालिका १ चामबोटेका ४६ वर्षीय सुजिल राईलाई भरुवा बन्दुक सहित प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार शुक्रबार राति घरयासी विवादको कारण आफ्नै श्रीमती ४५ वर्षीया जुना राईलाई कोदालोले दाहिने पट्टीको नाकको छेउमा प्रहार गर्दा गहिरो चोट लागेर घाइते समेत बनाएका थिए ।
घरमा लुकाई छिपाई राखेको भरुवा बन्दुक निकालेर श्रीमतीलाई मार्छु भन्दै धाकधम्की दिएको प्रहरीले जनाएको छ । अस्थाई प्रहरी चौकी ओख्रेबाट प्रहरी टोली खटि गई घाइते जुनालाई उपचारको लागि स्थानीय मेडिकल ओख्रेमा पठाइएको छ ।
घटनास्थलमा भरुवा बन्दुक फालेर तत्कार फरार रहेका सुजिललाई प्रहरीले खोजतलास गरी पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय भोजपुर ल्याइएको प्रहरीले जनाएको छ ।
घटनस्थलबाट भरुवा बन्दुक, कोदालो बरामद गरेको र पक्राउ परेका राइबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post