इटहरी : प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ११० जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार झापामा ४७, मोरङमा ३२, सुनसरीमा १५, धनकुटा र तेहृथुममा २–२, इलाममा १ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको छ ।
झापाको विर्तामोडमा १२, कन्काईमा १०, दमकमा ७, बुद्धशान्ति र मेचीनगरमा ६–६, शिवसताक्षीमा ३, कमल गाउँपालिकामा २, भद्रपुरमा १ जनामा संक्रमण पुष्टि भएको छ, भने मोरङको विराटनगरमा २४, सुन्दरहरैचामा ३, रंगेली, पथरीशनिश्चरे, बेलबारी, उर्लाबारी र ग्रामथानमा १–१ जनामा संक्रमण देखिएको छ ।
यसैगरि, सुनसरीको इटहरीमा १३, इनरुवा र गढीमा १–१, धनकुटाको छथरजोरपोटी र महालक्ष्मीमा १–१, तेहृथुमको आठराईमा २, इलामको मांसेबुङमा १ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा आज २११ जना कोरोना संक्रमणमुक्त भएका छन्, भने कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।














Discussion about this post