मोरङ : मोरङको बिराटनगर महानगरपालिका १५ स्थित सायरा होटल संचालक जहदा गाऊपालिका ७ घर भएका २८ वर्षीय रमेश साह लागूऔषध कारोबारको अभियोगमा पक्राउ परेका छन् ।
हिजो दिउसो सो होटलमा लागूऔषध कारोबार भईरहेको भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय रानीबाट गएको प्रहरी टोलीले गई चेकजाँच गरेको थियो ।
चेकजाँच गर्दा सो होटलबाट लागूऔषध DIALEX-DC १५ बोतल, नाईट्राभेट ४२ चक्की, SPASMO-PROXYVON २४ चक्की, SPAS-TRANCON PLUS ३४ चक्की र गाँजा २४० ग्राम बरामद गरिएको हो ।
लागूऔषध बरामद भए पश्चात उक्त होटलका संचालक साहलाई पक्राउ गरि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post