इटहरी : इटहरीमा ११ सहित प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप २८ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार थपिएका संक्रमितमध्ये सुनसरीको इटहरीमा ११, धरानमा ३ र रामधुनीमा १ जना छन् ।
यस्तै, मोरङको विराटनगर र सुन्दरहरैचामा २–२ जनामा संक्रमण पुष्टि भएको छ । उता, झापाको भद्रपुर र मेचीनगरमा १–१ र उदयपुरको उदयपुरगढीमा १ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
यसैगरि, प्रदेश १ मा पछिल्लो २४ घण्टामा ११९ जना कोरोना संक्रमणमुक्त भएका छन् भने संक्रमणबाट एक महिलाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।














Discussion about this post