इटहरी : प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार मोरङमा ३०, सुनसरीमा १६, इलाममा २, झापा, धनकुटा र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका २ जनामा संक्रमण देखिएको हो ।
मोरङको विराटनगरमा १०, बुढीगंगामा ७, सुन्दरहरैचामा ५, कटहरीमा ३, केराबारी, मिक्लाजुङ, बेलबारी, कानेपोखरी र लेटाङमा १–१, सुनसरीको इटहरीमा ५, इनरुवामा ३, धरान, दुहवी र गढीमा २–२, रामधुनी र बराहक्षेत्रमा १–१, इलामको इलाम नगरपालिकामा २, झापाको दमक, धनकुटाको धनकुटा नगरपालिका र उदयपुरको बेलकामा १–१ र प्रदेश १ बाहिरका २ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा आज १४४ जना कोरोना संक्रमणमुक्त भएका छन्, भने कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।














Discussion about this post