धरान : निरन्तरको वर्षाका कारण पहिरोले घर पुरिएर धरानमा दुई बालबालिकाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय धरानका अनुसार धरान १३ मा दुई बच्चाको मृत्यु भएको भएको हो ।
धरान १३ नागेश्वर मार्गका निसान राईको ८ वर्षीया छोरी निसु राई र ४ वर्षीय छोरा निहान राईको पहिरोले पुरिएर मृत्यु भएको हो ।
सोमबार रातिदेखि परेको वर्षाका कारण आज दिउँसो पौने २ बजे घरमाथीबाट पहिरो झर्दा १ तले टिनको छाना भएको घर पुरिएको थियो । त्यसबेला घर भित्र रहेका दुई जना बच्चा समेत पुरिएका थिए ।
प्रहरी टोलीले दिउँसो साढे ३ बजे दुई जना बच्चालाई मृत अवस्थामा फेला पारेको हो । बालबालिकाको शव धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।



















Discussion about this post