धनकुटा : धनकुटाको चौबिसे गाउँपालिका १ गडेरेमा मंगलबार राति पहिरोले घर भत्काउँदा ६ जनाको मृत्यु भएको छ ।
यस्तै,६ जना घाइते छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ ।
जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार पहिरोमा परी घरधनी ६० वर्षीय भीमबहादुर श्रेष्ठ, ९ वर्षीय विनोद श्रेष्ठ, ५ वर्षीया निर्जला श्रेष्ठ र झापाको दमक नगरपालिका ११ घर भएका ३९ वर्षीय सञ्जीव श्रेष्ठ, ३८ वर्षीया लक्ष्मी श्रेष्ठ र ७ वर्षीया दिप्सन श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मृत्यु हुनेमध्ये झापाको दमक ठेगाना भएकाहरू दसैंको टीका लगाउन गएका हुन् ।
यसैगरी, पहिरोमा परी घाइते भेषबहादुर श्रेष्ठ, लीला श्रेष्ठ, गणितकुमारी श्रेष्ठ, चन्द्रकुमार श्रेष्ठ, उषा श्रेष्ठ र सञ्जाल श्रेष्ठ घाइते भएका छन् । घाइतेमध्ये उषा, सञ्जाल र लीलाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।













Discussion about this post