इटहरी : इटहरी उपमहानगरपालिकामा बाढीमा परेर मृत्यु भएका परिवारलाई २५ हजार दिने निर्णय भएको छ । ।
मेयर द्वारिकलाल चौधरीका अनुसार उपमहानगरपालिकाका जनप्रतिनिधि, कर्मचारी र शिक्षकले सात दिनको पारिश्रमिक विपद राहत कोषमा जम्मा गर्ने निर्णय गरेकाले मृतकका परिवारलाई जनही २५ हजार दिने निर्णय गरिएको हो ।
मृतकका परिवारलाई किरिया खर्चवापत २५ हजार रुपैँया उपलब्ध गराउने निर्णय भएको चौधरीले बताए । यसैगरी वडाहरूमा पीडितका लागि लत्ता कपडा र मेस सञ्चालन गर्न सबै वडालाई एकलाखका दरले पेश्की उपलब्ध गराइने भएको छ ।
बाढीका कारण भत्काएका बाटो, कल्भर्ट तत्काल मर्मत गरिने पनि निर्णय भएको छ । बैठकद्वारा उद्धार तथा राहत कार्यमा जुट्न सम्पूर्णमा आग्रह गरिएको छ ।














Discussion about this post