सङ्खुवासभा : सङ्खुवासभामा सामान्य विवादमा क्रममा खुकुरी प्रहार हुँदा एक जना गम्भीर घाइते भएका छन् ।
बिहीबार साँझ चिचिला गाउँपालिका २ दिदिङका सन्तबहादुर राई र ३० वर्षीय दिनेश राई बीच सामान्य विवाद भएको थियो ।
विवादका क्रममा छुट्याउन गएका सोही ठाउँका ५० वर्षीय दुर्गाबहादुर गुरुङ माथी दिनेशले खुकुरी प्रहार गर्दा गुरुङ गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय, सङ्खुवासभाले जनाएको छ ।
प्रहरीका अनुसार खुकुरी प्रहारबाट गुरुङको टाउको देखी आखाँको भागसम्म गम्भीर चोट लागेको छ भने शरीरको विभिन्न भागमा चोट लागेको प्रहरीले बताएको छ ।
गम्भीर घाइते भएका गुरुङको जिल्ला अस्पताल सङ्खुवासभामा उपचार सफल हुन नसकेपछि थप उपचारका लागि न्युरो अस्पताल विराटनगर लगिएको प्रहरीले जनाएको छ ।
खुकुरी प्रहार गर्ने राई फरार रहेकाले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।














Discussion about this post