मोरङ : मोरङको सुन्दरहरैचा नगरपालिका ४ दुलारी पुर्वण्पश्चिम राजमार्गमा लहरीको ठक्करबाट स्कुटी चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका ४५ वर्षीय श्याम लिङ्खा रहेका छन् ।
हिजो बेलुका पश्चिम आउदै गरेको BR 50 GA 0306 नम्बरको भारतिय लहरीले बिपरित दिशाबाट जादै गरेको को ३६ प २१७२ नम्बरको स्कुटरलाई ठक्कर दिई दुर्घटना हुदाँ गम्भिर घाईते भएका लिङ्खाको घोपा धरानमा उपचारको क्रममा हिजो बेलुका नै मृत्यु भएको छ ।
ठक्कर दिने लहरी प्रहरी चौकीको नियन्त्रणमा रहेको छ भने चालक फरार रहेकोले खोजतलास भईरहेको इलाका प्रहरी कार्यालय बेलाबरीले जनाएको छ ।



















Discussion about this post