उदयपुर : सुन सफा गरेर राम्रो बनाइदिने भन्दै ठगी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय उदयपुरले दुई जनालाई पक्राउ गरेको छ ।
उदयपुरको त्रियुगा नगरपालिका–४ बगाहाकी कमला राईको सुनको सिक्री सफा गर्ने बाहानामा ठगी गरेको पाइएपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पीडितले दिएको उजुरीका आधारमा भारत बिहार सहरसाका ४५ वर्षीय अरुण साह र बिहार सुपौलका ३० वर्षीय हरिराम साहलाई पक्राउ गरेको हो ।
कात्तिक ११ गते उनीहरूले ‘आफूहरू पिताम्बर व्यापारी हौ’ भन्दै ठगी गरेका थिए । प्रहरीले उनीहरूको साथबाट पिताम्बर, सुन सफ गर्ने सामग्रीहरू, एसिड, मट्टितेल, सुनका ससाना टुक्राहरू फेला पारेका थिए ।
उनीहरू सुन सफा गर्ने भन्दै केही समयअघि मात्रै भारतबाट उदयपुर प्रवेश गरेको देखिएको अनुसन्धानमा देखिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता डिएसपी वेदप्रसाद गौतमले जानकारी दिएका छन् ।
उनीहरूले अन्य व्यक्तिलाई पनि ठगेको हुन सक्ने भन्दै प्रहरीले जिल्ला अदालत उदयपुरबाट १० दिनको म्याद थप गरी अनुसन्धान कार्य अगाडि बढाइएको प्रहरीले जनाएको छ ।











Discussion about this post