मोरङ : विराटनगर – ४ नोबेल शिक्षण अस्पताल अगाडि ड्युटीमा खटिएका प्रहरीको बर्दी च्यातिदिएको आरोपमा चार युवालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेका युवाले मदिरा सेवन गरी होहल्ला गर्दै आइतबार विहानको रारि ड्युटीमा खटिएको प्रहरीलाई हातपात गर्दै बर्दी च्यातिदिएको आरोप छ ।
यसरी प्रहरीको बर्दी च्यातिदिएको आरोपमा प्रकाउ पर्नेमा विराटनगर ४ का ३२ वर्षिय सकिल देवान, सोही ठाउँका २४ वर्षिय सुसन बास्कोटा, २६ वर्षिय आमासु भन्ने स्टालीन भट्टराई र ३३ वर्षिय शंकर प्रधान रहेका छन् ।
उनीहरूलाई जिल्ला प्रशासन कार्यालय मोरङमा आइतबार अभद्र व्यवहारको मुद्दामा म्याद थप गरि अनुसन्धान सुरू गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिएका छन् ।
बिहानी रातको समयमा नोबेल अगाडि मदिरा खाएर होहल्ला गर्दैछ भन्ने जानकारी आएपछि सिआरभीको टोली घटनास्थलमा पुगेको थियो ।
प्रहरी टोली पुगेर सम्झाइ बुझाइ गरिरहेको अवस्थामा मदिरा सेवन गरेको चार युवाले गाली गलौज गरि प्रहरीमाथि हातपार्दै गर्दै बर्दी च्यादिनुको साथै हतकडी र चाँबीसमेत फालिदिएको पक्राउ परेका युवाहरुमाथि प्रहरीको आरोप रहेको छ ।











Discussion about this post