Saturday, September 26, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home कला साहित्य

डा. खतिवडाको नयाँ कृति ‘गो ब्याक’ इटहरीमा लोकार्पण

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
कार्तिक २३, २०७८
in कला साहित्य, समाचार
0
डा. खतिवडाको नयाँ कृति ‘गो ब्याक’ इटहरीमा लोकार्पण
223
SHARES
Share on FacebookShare on Twitter

इटहरी : अग्रज साहित्यकार, नेपाल संस्कृत विश्वविद्यालयका शिक्षाध्यक्ष तथा समालोचक समेत रहेका प्रा. डा. भीम खतिवडाको नयाँ कृति ‘गो ब्याक’ लोकार्पण गरिएको छ । सोमबार इटहरीमा आयोजित एक कार्यक्रमकाबीच उनको ‘हाइबुन’ मा आधारित रहेर तयार पारिएको ‘गो ब्याक’ नामक कृति लोकार्पण गरिएको हो ।

पूर्व सांसद तथा स्रष्टा समाज बेलबारीका अध्यक्ष हर्कमान तामाङ, लेखक खतिवडा, समीक्षक डा. दिवाकर रेग्मी, साहित्यकार डा. रामजी तिम्सिना, अग्रज कवि बद्री भिखारी लगायतले उनको कृतिको लोकार्पण गरेका थिए । दार्जिलिङको साहित्यिक गोष्ठीमा जाँदाको यात्रालाई उनले ‘गो ब्याक’ मा अटाएको खतिवडाले बताए ।

३६ वटा शीर्षकमा तयार पारिएको नियात्रा यात्राहरूको बर्णन रहेको उनले बताए । ‘यो कृति यात्राहरूको बर्णन नै हो,’ उनले भने, ‘लेखनका लागि अभ्यास र साधना आवश्यक पर्छ, यो कृति चैं यात्राहरूको संगालो हो ।’

कार्यक्रमका प्रमुख अतिथि स्रष्टा समाज बेलबारीका अध्यक्ष हर्कमान तामाङले कृतिका लेखकबाट, पत्रकारहरूबाट, अन्य कवि साहित्यकारबाट समाजको, देशको, मानवताको अभिवृद्धिका लागि कलम चल्नुपर्ने बताए । उनले भने, ‘यतिखेर मानिस मानिस जस्तो छैन, सामाजिक सञ्जालहरूबाट धेरै सूचनाहरू सङ्कलन गर्ने तर, उसको मौलिकता, आफ्नो दृष्टिकोण भने केही नहुने समस्या छ ।’

समीक्षक डा. दिवाकर रेग्मीले मानिसका लागि यात्रा भनेको पर्व जस्तै रहेको बताए । उनले भने, ‘लेखले पुस्तकमा उत्सव मनाउनु भएको रहेछ, मानिसका लागि यात्रा भनेको पर्व जस्तै हुन्छ ।’ पुस्तकमा मृत्युका बिम्बको प्रयोगले मृत्यु पनि जीवन्त रहेको रेग्मीको तर्क छ । सत्रौं शताब्दीमा जापानी साहित्यकार मात्सुओवासुले थालनी गरेको यो विधा नेपालमा एक किसिमले प्रयोग नै भएको समीक्षक रेग्मीले बताए । नेपालको धरानबाट सुरु भएको यात्रा मेचीपारि पुगेपछि भावनाको विशाल नेपालमा प्रवेश गरेको कुरा उल्लेख रहेको उनले बताए ।

इटहरीको पवित्रा साहित्य प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा साहित्यकार डा. रामजी तिम्सिना, अग्रज कवि बद्री भिखारी, धरान १३ का वडाध्यक्ष नेत्र काफ्ले, कवि छवि वैरागी घिमिरे लगायतले शुभकामना मंतब्य राखेका थिए । कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष मुक्तिनाथ घिमिरेले स्वागत गर्दै आफूहरू हरेक महिना साहित्यिक कार्यक्रमको आयोजना गर्ने बताए । उनले भने, ‘मानिसले पठन संस्कृतिको विकास गर्नुपर्छ भन्ने उदेश्यले पनि हामी निरन्तर कार्यक्रम गर्नेछौँ ।’

कार्यक्रममा इटहरी, धरान, विराटनगर, बेलबारी, झुम्का लगायतबाट आमन्त्रित स्रष्टाहरू उपस्थित थिए ।

Tags: #साहित्यभीम खतिवडा
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

नारायण काइँलाेकाे गजल
कला साहित्य

नारायण काइँलाेकाे गजल

by टाकुरा न्यूज । इटहरी
अशोज १०, २०८३
0

जस्तो यो शहरमा आउने जाने हजार हुन्छन् दिल भित्रको नगरका आउने जाने हजार हुन्छन्। को को आए वरदान माग्न के...

लिम्चुङबुङ गाउँपालिकाकाे आफ्नै स्थानीय पाठ्यपुस्तक तयार
समाचार

लिम्चुङबुङ गाउँपालिकाकाे आफ्नै स्थानीय पाठ्यपुस्तक तयार

by माधव पोख्रेल
अशोज १०, २०८३
0

उदयपुर : उदयपुरको कर्णाली भनेर चिनिएको कोशी किनारको गाउँपालिका लिम्चुङबुङले आफ्नो पालिकाका लागि शिक्षामा सीप पाठ्यक्रम मार्ग दर्शन ४—१२ र...

लक्ष्मण सङ्गमकाे (गजल)

लक्ष्मण सङ्गमकाे (गजल)

अशोज १०, २०८३
श्रीलंका टापु : पसिना र पौरखले धानेको जीवन

श्रीलंका टापु : पसिना र पौरखले धानेको जीवन

अशोज १०, २०८३
तरहराका खड्का दम्पतीको कुशको शव बनाएर अन्त्येष्टि, मोबाइलको घण्टी बज्दा अझै झस्किन्छन् आफन्त

तरहराका खड्का दम्पतीको कुशको शव बनाएर अन्त्येष्टि, मोबाइलको घण्टी बज्दा अझै झस्किन्छन् आफन्त

अशोज १०, २०८३
सोलुखुम्बुको खुम्बु क्षेत्रमा परेको हिमपात (तस्बिरहरू)

सोलुखुम्बुको खुम्बु क्षेत्रमा भारी हिमपात

अशोज १०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

नारायण काइँलाेकाे गजल

नारायण काइँलाेकाे गजल

अशोज १०, २०८३
कोशी टप्पुको वातावरणमा रत्तिइरहेका पुष्पा र अञ्जली

कोशी टप्पुका दुई पोथी गैँडा भालेको खोजीमा

अशोज १०, २०८३
लिम्चुङबुङ गाउँपालिकाकाे आफ्नै स्थानीय पाठ्यपुस्तक तयार

लिम्चुङबुङ गाउँपालिकाकाे आफ्नै स्थानीय पाठ्यपुस्तक तयार

अशोज १०, २०८३
लक्ष्मण सङ्गमकाे (गजल)

लक्ष्मण सङ्गमकाे (गजल)

अशोज १०, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    961 shares
    Share 384 Tweet 240
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    760 shares
    Share 304 Tweet 190
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    355 shares
    Share 142 Tweet 89
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    311 shares
    Share 124 Tweet 78

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.