धरान : सुनसरीको धरान उपमहानगरपालिका १५ मा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ३४ वर्षीया छुङकु मगर (राई) रहेकी छन् ।
प्रदेश १ प्रहरी कार्यालय विराटनगरका अनुसार गत कार्तिक १८ गते बेलुका ६ बजेको समयमा मृतकका श्रीमान ४१ वर्षीय महेन्द्र राईले कुटपिट गर्दा उनी घाइते भएकी थिइन् । घाइतेलाई केहीदिन घरमै सामान्य उपचार गरेर २२ गते मात्रै अस्पताल भर्ना गरिएको थियो ।
धरानस्थित वीपी कोइराला स्वास्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको जानकारीपछि इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले राईलाई नियन्त्रणमा लिएको छ ।
पक्राउ परेका उनीमाथि हत्या आरोपमा म्याद थप गरी आवश्यक अनुसनधान भइरहेको प्रहरीले जनाएको छ ।



















Discussion about this post