इटहरी : राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीलाई पदमुक्त गरेसँगै नयाँ प्रदेश प्रमुख नियुक्त गरेकी छन् ।
मन्त्रिपरिषद बैठकको सिफारिसमा राष्ट्रपतिले प्यासीलाई बर्खास्त गरेसँगै प्रदेश १ को प्रदेश प्रमुखमा पर्शुराम खापुङलाई नियुक्त गरिएको हो ।
सरकारले प्रदेश १ सहित कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रमुखहरू पनि परिवर्तन गरेको छ ।
मन्त्रिपरिषद् बैठकले कर्णालीमा तिलक परियार र सुदूरपश्चिममा देवराज जोशीलाई प्रदेश प्रमुख नियुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गरिएको छ ।












Discussion about this post