मोरङ : मोरङको उर्लाबारी नगरपालिकामा प्रहरीले लागूऔषध ब्राउनसुगर र नगदसहित एकजनालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय उर्लाबारीका अनुसार मंगलबार साँझ ७ बजे धिमाल टोलबाट लागूऔषध ब्राउनसुगर र नगदसहित सोही स्थानका २३ वर्षीय सबिन लिम्बूलाई पक्राउ गरेको हो ।
पक्राउ परेका लिम्बुको साथबाट प्रहरीले १ ग्राम ४३० मिलिग्राम ब्राउनसुगर र ५० हजार ४ सय नगद बरामद गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post